Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सेयर बजारबारे हचुवामा बोल्नु बेठीक : ओली

२०७८ मंसिर २९ गते


बैंकिङ खबर/ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लाखौँ लगानीकर्ता भएको सेयर बजारबारे हचुवामा बोल्नु बेठीक भएको बताएका छन् । ओलीले सेयर बजारबारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका हुन् ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘प्रचण्डले केही दिनअघि बडो क्रान्तिकारी भएर सेयर बजारलाई साम्राज्यवादीको विकसित रुप भनेछन् । लेनिनभन्दा दुई स्टेप बढ्ता जान्ने भएछन् । लेनिनले यसअघि पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेका थिए । तर प्रचण्डले त सेयर बजारलाई साम्राज्यवादको विकसित रुप नै भनिदिएछन् । लेनिनले भन्दा जान्ने भएर थेसिस नै दिएछन् । अर्थतन्त्र नबुझी बोल्दा रहेछन् ।’

उनले लाखौँ लगानीकर्ता रहेको सेयर बजारबारे यसरी बोल्नु नहुने बताए । कुन सेयर कारोबारीले चन्दा दिएन होला अनि त्यसको रिसमा प्रचण्ड बोले’, उनले भने, ’त्यही रिसमा ’नरहे बाँस न बज्यो बाँसुरी’ भनेर सेयर बजार डुबाउन त्यस्तो बोले ।’ उनले सेयर बजारबारेमा आफूहरुले त्यस्तो बोलेको भए सडकमा आगो बलिसक्ने बताए ।

Ad