Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लुम्बिनी विकास बैंकको सेयर मूल्यमा समायोजन, नयाँ मूल्य कति?

२०७८ मंसिर २७ गते

बैंकिङ खबर।

नेपाल स्टक एक्स्चेन्ज(नेप्से)ले लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन गरेको छ। नेप्सेले बैंकको १३ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो। समायोजनपछिको भाउ ४२९ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ।

सोमबार कारोबार खुल्दा सोही मूल्यलाई आधार मानेर खुल्नेछ। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात् आइतबारको अन्तिम कारोबार मूल्य ४८५ रुपैयाँ ५० पैसा थियो। साेही मूल्यका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न ९ पुसमा साधारणसभा बोलाएको छ। सभा बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा बिहान ११ः१५ बजे सुरू हुनेछ।

सभामा १३ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। जसका लागि २६ मंसिरमा बुक क्लोज गरेको छ।

Ad