२०७३ भाद्र १८ गते

युनाइटेड मोदीको साढे ११ लाख कित्ता आईपीओ भदौ २६ गतेदेखि

united modiयुनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारण सेयर भदौ २६ गतेदेखि निष्काशन गरिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र पर्वत जिल्लाका बासिन्दाका लागि एक सय रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

कम्पनीको शेयरमा न्युनतम ५० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने छ । आवेदन फाराम युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड कुश्मा, देवः विकास बैंकको कार्यालय कुश्मा र फलेबास पर्वतमा पाइने कम्पनीले जनाएको छ । सेयर निष्काशन छिटोमा असोज ९ र ढिलोमा असोज ३० गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।