२०७३ भाद्र १८ गते

सहयोगी विकास बैंकका सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर

sahayogiसहयोगी बिकास बैंकले आफ्ना शेयरधनीलाई २२ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गतबर्षको मुनाफाबाट बैंकले २२ प्रतिशत बोनश र करप्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । बैंकले गत आर्थिक वर्षमा ७ करोड ५५ लाख ९९ हजार रुपैंया खुद नाफा कमाएको थियो । 

जनकपुरधाममा मुख्य कार्यालय रहेको तीनजिल्ले सहयोगी बिकास बैंक सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको एक जिल्ले सहारा विकास बैंकसँग मर्जरको प्रक्रियामा रहेको छ । हाल बैंकको चुक्ता पूँजी २५ करोड ७८ लाख ७७ हजार रुपैंया छ । २२ प्रतिशत बोनश वितरण पश्चात बैंकको पूँजी ३२ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । तीनजील्ले विकास बैंकले ०७४ असारसम्म ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने हुन्छ ।