Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

भदौ १८ गतेसम्म कायम सेयरधनीले मात्रै गुहेश्वरी मर्चेन्टको हकप्रद भर्न पाउने

२०७३ भाद्र १८ गते

guheshwari५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रक्रियामा रहेको गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले आइतबारदेखि भाद्र १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द रहने जनाएको छ । जसअनुसार, भाद्र १८ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको हकप्रद भर्न पाउनेछन् । 

कम्पनीले १४ लाख ६८ हजार ६ सय ९७ कित्ता हकप्रद जारी गर्देछ । कम्पनीको वैशाख २ गतेसम्पन्न विशेष साधारणसभाले हकप्रदको प्रस्ताव पारित गरेको थियो । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्तापूँजी ४५ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ । फाइनान्सले राष्ट्र बैकले तोके अनुसार ०७४ असारसम्ममा ८० करोड चुक्ताँपूजी पुर्याउनुपर्ने हुन्छ ।