२०७३ भाद्र १८ गते

खुल्यो सानिमा क्यापिटलको मर्चेन्ट बैंकर सेवा 

sanima capitalसानिमा क्यापिटलले मर्चेन्ट बैंकर सञ्चालनको अनुमति पाएको छ । प्रक्रिया सुरु भएको झन्डै ८ महिनापछि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकर सञ्चालन गर्ने अनुमति पाएको हो । कम्पनीले सञ्चालन अनुमती पाए लगत्तै सेवा सुरु गरेको उद्घोष समेत गरेको छ । आरटिएस, अन्डर राइटिंग, इस्यु म्यानेजर र पोर्टफोलीयो म्यानेजमेन्टको काम गर्न क्यापिटल तयारी अवस्थामा रहेको छ ।

पूर्ण रुपमा बैंककै लगानीमा सञ्चालनमा आएको क्यापिटलको अहिले चुक्ता पूँजी ११ करोड रहेको छ भने १५ करोडसम्म बिस्तार गर्ने लक्ष्य राखिएको छ । नक्सालस्थित सानिमा बैंकको मुख्य कार्यालयमा रहेको क्यापिटलले सानिमा बैंकले गर्दै आएको निक्षेप सदस्यको सेवा पनि लगानीकर्तालाई दिनेछ । डिम्याट खाता खोल्ने, शेयर डिम्याट गराउने सेवा लगानीकर्ताले क्यापिटलबाट पाउने छन् भने साधारण शेयर, नयाँ शेयर तथा हकप्रद निष्काशनका लागि कम्पनीहरुले अर्को प्रतिस्पर्धी पनि पाएका छन् ।