
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब २५ करोड रुपैयाँ बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले क, ख र ग बर्गका बैंकवित्तलाई उक्त रकम लैजान सक्ने उल्लेख गरेको छ । आगामी पुस १ गतेदेखि २०८९ साल मंसीर मसान्तम्म एक बर्षको अवधिका लागि उक्त रकम पठाईने भएको छ । इच्छुक बैंकवित्तले आबश्यक रकम प्राप्तिका लागि आबश्यक प्रकृया पुरा गरेर मंसीर २३ गते दिउँसो ४ बजेसम्म आफूले दिनसक्ने व्याजदर प्रस्ताव सहित फारम भर्न सक्ने छन् ।
सूचनाको पूर्ण पाठ यसप्रकार छ ।