Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बढी भएको रकम हकदाबी गर्न राष्ट्र बैंकको आह्वान

२०७३ भाद्र १८ गते

rastra bankनेपाल राष्ट्र बैंकमा गत साउन २४ गते नगद बुझाउने क्रममा रकममात्र बुझाई भौचर नबुझाएकाले १५ हजार २ सय रुपैयाँ र ४ सय ९० रुपैयाँ काउन्टरमा बढी जम्मा भएको भन्दै सो रकम दाबी गर्न सूचित गरिएको छ । राष्ट्र बैंकले शनिबार एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको छ । उक्त रकम दाबी गर्न आउनेले सबुत प्रमाणसहित यो सूचना प्रकाशित भएको ३५ दिनभित्र अर्थात असोज २१ गतेभित्रमा राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । अन्यथा प्रचलित नियमअनुसार हुने समेत राष्ट्र बैंकले जानकारी गराएको ।