
बैंकिङ खबर।
नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. २ अन्तर्गत रहेका कार्यालयहरुमा कार्यरत कर्मचारी मध्ये २ चरणमा ६० जना फिल्ड कर्मचारीलाई १ दिने प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठी शुक्रवार र शनिवार बर्दिवासमा सम्पन्न गरेको छ।
कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, विभागीय प्रमुखद्वय दिनेश कटुवाल र कृष्ण बहादुर खड्का साथै प्रदेश प्रमुख कमल किशोर राजवंशीले छुट्टा छुट्टै विषयमा प्रशिक्षण दिएका थिए।
उक्त अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकारी भोजराज बस्यालले हाल लघुवित्त क्षेत्रमा देखिदै गएको समस्या, चुनौती तथा समाधानका उपायहरुका सम्बन्धमा सहभागीहरुलाई जानकारी गराएका थिए । साथै तालिम गोष्ठी लगायत छलफल कार्यक्रमले कर्मचारीको क्षमता विकासमा सघाउ पुर्याउने भएकाले प्रत्येक कर्मचारीलाई कम्तिमा बर्षमा १ पटक यस्ता तालिम गोष्ठीमा सहभागी गराई क्षमता विस्तार गराउने बताए।
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा कार्यरत नेरुडेले २०७८ असोज मसान्तसम्म ३१ वटा जिल्लामा ९६ वटा शाखा उपशाखा मार्फत १ लाख ५१ हजार ५ सय ६८ जना ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ।




