Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

तरलता अभाव झन् बढ्यो : बैंकिङ प्रणालीमा सीडी रेसियो ९०.८५ प्रतिशत

२०७८ मंसिर १७ गते

बैंकिङ खबर । बैंकको औषत कर्जा निक्षेप अनुपात मौद्रिक नीतिले ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरे पनि बढेर ९० दशमलव ८५ प्रतिशत पुगेको छ। यसले बजारमा लगानीयोग्य रकमको अभाव रहेको पुष्टि हुन्छ।बैंकहरुको सीडी रेसियो अधिकाँसको ९० प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ट्रेजरी बिल ‘सोझै खरिद’ गर्दै छ । फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले शुक्रबार ट्रेजरी खरिद गर्नेछन् ।

बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ट्रेजरी बिल ‘सोझै खरिद’ प्रकृयाको रुपमा बुझिन्छ । उपकरणको केन्द्रीय बैंकले तोकिएको दिन भित्र भुक्तानी मिति भएका ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल माध्यमबाट खरिद गर्दछ। त्यस बापतको रकममा ती बोलकर्तालाई भुक्तानी गर्ने भएकाले बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन्छ। राष्ट्र बैंकले प्रणालीमा तरलताको चाप पर्दा यस्ता उपकरणको निरन्तर प्रयोग गर्दै आएको छ। बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा, रिपोजस्ता उपकरणको प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन। 

Ad