
बैंकिङ खबर।
फर्स्ट माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाको बाह्रौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ।
साधारण सभाले सञ्चालक समितिका तर्फवाट अध्यक्ष सुरेन्द्रराज रेग्मीले प्रस्तुत गरेको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।
त्यसैगरि उक्त सभाले नेपाल वित्तीय विवरण प्रतिवेदन मान (एनआफआरएस) बमोजिम तयार गरिएको बार्षिक वित्तीय विवरणसहितको लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आ.व २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।



