Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

महिला लघुवित्तको सेयर मूल्य समायोजन

२०७८ मंसिर १६ गते

बैंकिङ खबर।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन गरेको छ।

बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३६ सय ५८ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ। लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन लघुवित्तको ४७ दशमलव ५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। बिहीबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा लघुवित्तको सेयर कारोबार खुल्नेछ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो। बुधबार लघुवित्तको सेयर प्रतिकित्ता पाँच हजार ३९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले ५० प्रतिशत लाभांश वितरण गर्न २२ मंसिरमा चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ।