Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वावलम्बन लघुवित्तले पाैष १५ गतेका लागि बाेलायाे साधारण सभा

२०७८ मंसिर १४ गते

 

बैंकिङ खबर।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ।

संस्थाकाे साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे बीसाैँ वार्षिक साधारण सभा बाेलाइएकाे हाे। संस्थाले जनाए अनुसार पाैष १५ गते, बिहीबार एलिस रिसेप्सन, गैरीधारा, काठमाडाैँमा बिहान ११ बजेबाट साधारण सभा सुरू हुनेछ।

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

संस्थाकाे असाेज २१ गते बसेकाे सञ्चालक समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे थियाे।