Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुमा निक्षेप संकलन घट्यो, कर्जा बढ्याे

२०७८ मंसिर १३ गते

बैंकिङ खबर।

केही महिनादेखि बैंकहरुमा देखिएकाे तरलता अभाव अझै केही समय लम्बिने संकेत देखिएकाे छ। यसकै असर स्वरूप बैंकहरूमा निक्षेप संकलन पनि घट्दै गएको छ। मंसिर महिना सुरु भएयता बैंकहरुमा निक्षेप संकलन घटेको हो।

बैंकहरूका अनुसार मंसिर १० गतेसम्ममा १४ अर्ब रुपैयाँले निक्षेप संकलन घटेको छ। वाणिज्य बैंकहरुले कात्तिक मसान्तसम्ममा ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।

तर गत शुक्रबारसम्म बैंकहरुको निक्षेप संकलन १४ अर्ब रुपैयाँले घटेर ४२ खर्ब १९ अर्ब रुपैयाँमा झरेकाे छ।

वाणिज्य बैंकहरुले यस अवधिमा २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेकाे जनाएका छन्। कात्तिक मसान्तसम्म बैंकहरुले ४० खर्ब ३४ अर्ब कर्जा लगानी गरेका थिए। २१ अर्ब रुपैयाँले बढेर ४० खर्ब ५५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका हुन्।

यस अवधिमा वाणिज्य बैंकहरुले १४ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन्।

Ad