November 28th, 2021

लक्ष्मी लघुवित्तद्वारा ६४ जना ग्राहकलाई सीपमूलक तालिम प्रदान

बैंकिङ खबर।

लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्कीको ढिकुरपोखरी, लमजुङको भोर्लेटार तथा गोरखाको बास्कोट गरी ३ वटा शाखामा आवद्ध ग्राहकहरुलाई क्रमश बेमौसमी तरकारी खेती, व्यवसायिक च्याउखेती तथा बाख्रापालन तालिम प्रदान गरेको छ । मंसिर ०२ गतेदेखि ०९ गतेसम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ६४ जना ग्राहकहरुलाई सहभागी गराइएको थियो।

ग्राहक सदस्यहरुको सिप र क्षमता अभिवृद्धि गर्ने हेतुका साथै परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरण तर्फ रुपान्तरण गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको थियो ।

तालिम कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले तालिमको माध्यमबाट कृषकहरुलाई सफल उद्यमी बनाउन मद्धत पुग्ने र ग्राहकहरुले तालिम पश्चात सिकेका कुराहरु व्यवहारमा उतार्नु पर्ने आवश्यकतामा जोड दिएका थिए। तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत ( कृषि विशेषज्ञ ) ओम प्रकाश भुसालले गरेका थिए।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधासँगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]