November 26th, 2021

नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठी सम्पन्न

बैंकिङ खबर।

प्रदेश नं. १ को राजधानी विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गत रहेका कार्यालयहरुमा कार्यरत कर्मचारी मध्येका ३० जना फिल्ड कर्मचारीलाई १ दिने प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठी शुक्रवार विराटनगरमा सम्पन्न गरेको छ ।

कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, योजना विभागका विभागीय प्रमुख कृष्णबहादुर खड्का र प्रदेश प्रमुख घनश्याम चौधरीले छुट्टा छुट्टै विषयमा प्रशिक्षण दिएका थिए । साथै अन्य सबै विभागीय प्रमुखहरुले आ–आफ्नो विभागीय प्रस्तुति दिएका थिए।

उक्त अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकारी भोजराज बस्यालले हाल लघुवित्त क्षेत्रमा देखिँदै गएको समस्या, चुनौती तथा समाधानका उपाएहरुका सम्बन्धमा सहभागीहरुलाई जानकारी गराएका थिए।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा कार्यरत नेरुडेले २०७८ असोज मसान्तसम्म ३१ वटा जिल्लामा ९६ वटा शाखा उपशाखामार्फत १ लाख ५१ हजार ५ सय ६८ जना ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]