Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा लघुवित्त वित्तीय संस्थालाई उत्कृष्ट करदाता सम्मान

२०७८ मंसिर १ गते

बैंकिङ खबर । दशौं राष्ट्रीय कर दिवस २०७८ को अवसर पारी प्रत्येक आर्थिक वर्षमा उत्कृष्ट करदातालाई सम्मान गर्ने क्रममा करदाता सेवा कार्यालय गल्छी, धादिङले नुवाकोट जिल्लाबाट आ.व. २०७६/०७७ मा सबै भन्दा धेरै कर बुझाउने संस्थाको रुपमा आशा लघुवित्त वित्तीय संस्था लि. लाई एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । करदाता सेवा कार्यालय गल्छी धादिङ आयोजित उक्त कार्यक्रमा धादिङ तथा नुवाकोट जिल्लाको १÷१ जना उत्कृष्ट करदाता कार्यलयको प्रतिनिधिहरुलाई सम्मान गरिएको कुरा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृत प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुमा ५५ वटा शाखा कार्यालयहरु मार्फत करीब ६७ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराऊदै आएको छ भने संस्थाको हालसम्म करीब रु. ४ अर्ब ५० करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्व ४३ करोड भन्दा बढी निक्षेप समेत संकलन गरेको छ ।