आशा लघुवित्त वित्तीय संस्थाले नुवाकोटको ककनीमा पाँचौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष निर्गुण प्रसाद भट्टचनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७७÷७८ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पार्नुभयो । वहाँले चालू आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रमहरुबारे पनि प्रष्ट पार्नुभयो । संस्थापक अध्यक्ष राम बहादुर पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणहरु पारित गरेको छ । सो अवसरमा सभालाई उद्घाटन पश्चात सम्बोधन गर्दै प्रमुख अतिथि राम बहादुर पाण्डेले संस्थाको कारोबार वृद्धि सँगै कर्जाको गुणस्तरीयतामा जोड दिदै लगानीकर्ता, ग्राहक सदस्यहरु तथा संस्थामा कार्यरत कर्मचारीहरु समेत लाभाम्वित हुने गरी कार्य गर्न सुझाव दिनुभयो । साधारण सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम आ.व. २०७७÷७८ को मुनाफाबाट १.३१५७८९४ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश पारित गर्ने, चुक्ता पूँजी रु २६,७१,३१,२०० को २५ प्रतिशत वोनश शेयर वितरण गर्ने निर्णय गरी सो सम्बन्धमा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, संस्थाले अन्य ईजाजत–पत्र प्राप्त घ बर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन ९ःभचनभच० वा प्राप्ती (ब्अत्रगष्कष्तष्यल) गर्ने, समझदारी पत्र (ःझयचभलमगm या ग्लमभचकतबलमष्लन) मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वको मुल्यांकन प्रतिवेदन (म्गभ म्ष्ष्निभलअभ ब्गमष्त च्भउयचत) तयार गर्न परामर्शदाता, मुल्यांकनकर्ता तथा लेखापरिक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने÷गाभिने वा प्राप्ती सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु अनुरुप गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अन्तिम स्वीकृत लिई कार्यान्वयन गर्ने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देशन गरे बमोजिमका विवरणहरु उपलब्ध गराउने लगायत आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले ताकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने लगाएत आर्थिक वर्ष २०७८÷७९ का निम्ति बाह्य लेखापरीक्षकका रुपमा श्री के.एम.यु. एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्तिको प्रस्ताव पारित गरेको छ । साथै साधारण सभाबाट संथापक शेयरधनीको तर्फ बाट संचालकमा श्री निर्गुण प्रसाद भट्टचन, श्री प्रदिप कुमार खड्का, श्री सुसन शेरचन र श्री कविता पोख्रेल निर्बिरोध निवार्चीत हुनुभएको छ । साथै सोही दिनमा बसेको संचालक समितिको बैठकले श्री निर्गुण प्रसाद भट्टचनलाई संचालक समितिको अध्यक्ष चयन गरेको छ ।
२०७३ भाद्र १५ गतेदेखि कारोबार शुरु गरेको संस्थाको हालसम्ममा ६७ हजार ग्राहक सदस्य मार्फत ४ अर्ब ४६ करोड कर्जा लगानीमा रहिरहेको तथा १ अर्व ४२ करोड निक्षेप संकलन गरेको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिनुभयो ।


