बेंकिङ खबर । व्याजदरका बारे वाणिज्य बैंकहरुबीच सहमति हुन नसकिरहेका बेला विकास बैंकहरुले सहमति जुटाएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसियसनले व्याजदरबारे भद्र सहमति गरेका हुन् ।
डेभलपमेन्ट बैंकर्स एसोसियसनले सबै विकास बैंकहरुले एउटै ब्याजदर प्रकाशित गर्ने गरी सहमति जुटाएका हुन् । सहमति अनुसार राष्ट्रिय स्तरका विकास बैंकले १०.२५ प्रतिशत र क्षेत्रीयस्तरकाले १०.३० प्रतिशत व्याजदर निर्धारण गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले लागु हुने व्याजदर अघिल्लो महिनामा प्रकाशित गरिसक्नु पर्छ।
Banner News
वाणिज्य बैंकहरु भन्दा विकास बैंकहरु एककदम अघि, व्याजदरबारे भद्र सहमति
२०७८ कार्तिक ३० गते