Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

रिपो मार्फत बजारमा २० अर्ब पठाउँदै राष्ट्र बैंक

२०७८ कार्तिक २४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बिहीबार रु २० अर्बको रिपो जारी गर्दै छ । सो रकमको रिपो १४ दिन अवधिको लागि जारी गर्ने भएको हो । राष्ट्र बैंकले जारी गर्ने यो रिपोको म्याद आगामी मङ्सिर ९ गते सकिने छ । रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्दा हाल भएको बैंकिङ तरलतालाई केही राहत मिल्ने छ । पछिल्लो समय बजारमा लगानीयोग्य रकमको अभाव देखिएको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले रिपो जारी गर्ने छ । बैंकले यसअघि पनि रिपो जारी गर्दै आएको छ । रकम आबश्यक भएका बैंक तथा वित्तीय संस्थाले बोलकबोलबाट रकम लैजाले छन् ।

Ad