
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले प्रदेश नं. १ को आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रदेश नं. १ अन्तर्गतका १४ जिल्लाहरुको स्थलगत तथा गैरस्थलगत भ्रमण गरी यस कार्यालयले तयार गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक गतिविधि सम्बन्धी वार्षिक अध्ययन प्रतिवेदनको कार्यकारी सारांश राष्ट्र बैंकले प्रस्तुत गरेको छ । राष्ट्र बैंकको रिपोर्ट अनुसार वित्तीय सेवा तथा उपकरणमा सर्वसाधारणको पहुँचका दृष्टिकोणले कुल निक्षेप परिचालनमा प्रदेश नं. १ को योगदान ७.३ प्रतिशत रहेको छ ।