Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शिवम् सिमेन्टले २९ प्रतिशत नगद लाभाँस दिने

२०७८ कार्तिक १६ गते

बैंकिङ खबर । शिवम् सिमेन्टले २९ प्रतिशत लाभाँस दिने भएको छ । यो रकम एक अर्ब २७ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश हो । छैठौं वार्षिक साधारण सभाले उक्त लाभाँस पारित गरेको हो । शिवम् सिमेन्ट लिमिटेड पव्लिक कम्पनीमा परिणत भईसकेपछि मंगलबार कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न भएको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड २९ लाख रुपैयाँ रहेको छ । शेयर रजिष्टार सिद्धार्थ क्यापिटल मार्फत शेयरधनीहरुको बैंक खातामा नगद लाभाशं पठाइने छ ।

Ad