Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बाणिज्य बैंकहरुको नाफा २४ प्रतिशतले बढ्यो

२०७८ कार्तिक १६ गते

बैंकिङ खबर । बाणिज्य बैंकहरुको नाफा २४ प्रतिशतले बढेको छ । चालु आबको पहिलो त्रैमासमा बाणिज्य बैंकहरुले कुल १८ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिको बैंकको कुल नाफा १४ अर्ब ६० करोड रुपैयाँ थियो । यो अघिल्लो समयभन्दा खुद नाफा करिब २४ प्रतिशत बढी हो । तीन महिनामा बैंकहरूको ब्याज आय करिब साढे १२ प्रतिशतले बढेर ९३ अर्ब २ करोड रुपैयाँ भएको छ । अघिल्लो बर्षको सोही अबधिमा ८२ अर्ब ७० करोड रुपैयाँ थियो ।

यो अबधिमा एनआईसी एसिया बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । उसले १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको हो । त्यसैगरी नबिल बैंकले १ अर्ब ११ करोड नाफा कमाएको छ । ग्लोबल आईएमई बैंकले १ अर्ब ११ करोड कमाएर तेस्रो बनेको छ । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी एनएमबी बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको छ । पहिलो त्रैमासमा ५ वटा बाणिज्य बैंकहरु एक अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाउने बैंकमा परेका छन् । पहिलो त्रैमासमा सबैभन्दा कम नाफा बैंक अफ काठमान्डूको छ । उक्त बैंकको नाफा २५ करोड ३४ लाख रुपैयाँ देखिएको छ ।

Ad