Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एक दर्जन बैंकले सार्वजनिक गरे त्रैमासिक रिपोर्ट अधिकाँसको नाफामा उल्लेख्य बृद्धि

२०७८ कार्तिक १५ गते

बैंकिङ खबर ।  माछापुच्छ्रे बैंकले नाफामा छलाङ मारेको छ। बैंकले खुद नाफा ५६ करोड १५ लाख रुपैयाँ पुर्‍याएको छ। बैंकले चालु वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा सुधार गरेको देखाएको छ । बैंकको स्प्रेड दर घटे पनि खुद ब्याज आम्दानीमा उच्च वृद्धि भएको देखिन्छ। बैंकको स्प्रेड दर ४.३३ प्रतिशतबाट घटेर ३.३८ प्रतिशतमा आएको छ।

 एभरेष्ट बैंकले खुद ब्याज नाफा ७३ प्रतिशतले बढाएको छ। चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ५७ करोड ८९ लाख रुपैयाँ पुगेको जनाएको छ। बैंकले पछिल्लो अवधिमा साढे ४ प्रतिशतले मात्र ब्यापार बिस्तार गरेको छ। सर्वसाधारण ग्राहकलाई जाने ऋण एक खर्ब ३ अर्ब ५१ करोड नाघेको छ।

सानिमा बैंकले खुद नाफामा  सुधार गरेको छ । सानिमा बैंकको नाफा ५२ प्रतिशतले बढाएको छ । सानिमाले ५६ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ। सानिमाले ३.६१ प्रतिशतको स्प्रेड दरलाई २.६९ प्रतिशतमा झारेको छ। यद्यपी ब्यापार ७ प्रतिशतले बढ्दा पनि सानिमाको खुद ब्याज आम्दानी १९ प्रतिशतले उक्लिएर एक अर्ब १६ करोड नाघेको छ।

लक्ष्मी बैंकले नाफामा उछाल ल्याएको छ । बैंकको त्रैमासिक रिपोट अनुसार नाफा ७७ प्रतिशतले नाफा बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले ५५ करोड नाफा गरेको छ । अघिल्लो वर्ष सोही अबधिमा बैंकको नाफा ३१ करोड थियो ।

सनराइज बैंकले खुद नाफा बढाएको छ । बैंकको ब्याज आम्दानी भने सामान्य घटेको छ । बैंकले अरु आम्दानीमा वृद्धि गरेर खुद नाफा बढाएको हो । बैंकले चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा साढे १२ प्रतिशतले नाफा बढाएर तीन महिनामा ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी आधा प्रतिशतले मात्रै घटेर ९२ करोड ३२ लाख रुपैयाँ भएको छ।

मेगा बैंक नेपालले पहिलो त्रैमासको रिपोर्ट सार्बजनिक गरेको छ । बेंकका अनुसार पहिलो त्रैमासमा खुद नाफामा साढे ५० प्रतिशतको वृद्धि भउको छ । बैंकको यो त्रैमासको नाफा ९१ करोड ४६ लाख रुपैयाँ रहेको छ । बैंकले खुद ब्याज आम्दानीमा भने १४ प्रतिशतले वृद्धि भएको छ। जसमा व्याज आम्दानी १ अर्ब ५१ करोड रुपैयाँ ।

यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ४८ करोड १८ लाख रुपैयाँ रहेको छ। उसको नाफा २० प्रतिशतले बढेको हो । बैंकको खुद ब्याज आम्दानी ४५ प्रतिशतले बढेको छ।

एनसीसी बैंकको नाफा ५४.८३ प्रतिशतले बढेको छ । उक्त बैंक ५१ करोड ८० लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । पुगेको छ। बैंकको खुद ब्याज आम्दानी समेत १७.३० प्रतिशतले बढेको छ

सेञ्चुरी कमर्शीयल बैंकले पनि नाफा बढाएको छ । बैंकले खुद नाफा २७ करोड २४ लाख रुपैयाँ गरेको छ । उक्त बैंकले २३.७० प्रतिशतले नाफा बढाएको छ।

यसैगरी सिटिजन्स बैंकको नाफा ३३ प्रतिशतले बढेर ६८ करोड ७३ लाख रुपैयाँ भएको छ । उक्त बैंकको खुद ब्याज आम्दानी पनि बृद्धि भएको छ । ४३ प्रतिशतले व्याज आम्दानी बढेको छ।

Ad