Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई हुने, कात्तिक २५ सम्म दरखास्थको म्याद

२०७८ कार्तिक १४ गते

बैंकिङ खबर । धितो पत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई हुने भएको छ । कात्र्तिक २५ सम्म दरखास्थको म्याद नै बाँकी छ । अर्थ मन्त्रायलयले नेपाल धितो बोर्डको अध्यक्ष नियुक्तिका लागि यसअघि नै दरखास्थ माग गरिसकेको छ । पूर्व अध्यक्ष भिष्मराज ढुङगाना बर्खास्त भएपछि उक्त पद खाली छ । अध्यक्षका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललको संयोजकत्वमा अर्थसचिव मधुकुमार मरासिनी र प्रा नारायण पौडेल छन् । समितिले अध्यक्ष छनौटका लागि १५ दिनको समय दिएर सूचना आवेदन आह्वान गरिसकेको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारले यही कात्तिक २५ भित्रै आवेदन दिन सक्नेछन् । धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ । समितिले तीन जनाको नाम सिफारिस गर्ने छ भने मन्त्रीपरिषदले अध्यक्षमा एकजनालाई नियुक्ति गर्ने प्रावधान छ ।

त्यसैगरी अर्थमन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोटका लागि अर्थ मन्त्रालयकै सहसचिव रितेश शाक्य र नेप्सेका पूर्व अध्यक्ष जीवनाथ धिताल सदस्य रहेको समिति गठन गरिएको छ ।

Ad