Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब नाफा कमाउँदा नेपाल बैंकले १५ करोड कमायो

२०७८ कार्तिक १४ गते

बैंकिङ खबर । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा सबैभन्दा बढी नाफा कमाउने बैंकका रुपमा राष्ट्रिय वाणिज्य बैंक र सबैभन्दा कम नाफा कमाउनेमा नेपाल बैंक देखिएको छ । राष्ट्र बेंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले दुई महिनाको अवधिमा १ अर्ब ६ करोड ८८ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ । दुई महिनाको अवधिमा ९८ करोड ५२ लाख नाफा आर्जन गरी दोस्रो बढी नाफा कमाउने बैंकका रुपमा ग्लोबल आईएमई बैंक देखिएको छ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा वाणिज्य बैंकहरुले १३ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यसैगरी सो अबधिमा नबिल बैंकले ९३ करोड ४५ लाख १० हजार रुपैयाँ तथा एनआईसी एसिया बैंकले ८१ करोड ६१ लाख, कमाएका छन् । यो भदौ मसान्तसम्मको तथ्याङक हो । यसमा सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकले १५ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रो कम नाफा कमाउने बैंकमा सिभिल बैंकले १९ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ ।

Ad