Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

उद्योगहरु खोल्न नसकेसम्म अर्थतन्त्र सवल हुँदैन : अर्थमन्त्री शर्मा

२०७८ कार्तिक १२ गते

बैंकिङ खबर । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्र वृद्धिका लागि उद्योगधन्दाहरू सञ्चालन गर्नुपर्ने बताए । उत्पादनमुखी अर्थतन्त्रमा जोड दिँदै उनले स्वदेशमा उद्योगधन्दाहरू खोल्नुपर्ने बताए । नेपालमै भएका कच्चापदार्थ प्रयोग गर्ने तथा नेपालमा नभए बाहिरबाट कच्चापदार्थ ल्याएर भए पनि उद्योगधन्दाहरू स्वदेशमै खोलिनुपर्ने अर्थमन्त्रीको भनाई छ । उनले देशको अर्थतन्त्रलाई बलियो नबनाएसम्म आर्थिक सवलीकरण नहुने बताए । उद्योगधन्दा र खेतीपातीलाई सरकारले प्रोत्साहन गर्ने उनको भनाई छ । हरेक क्षेत्रमा काम गर्नेहरूले आफ्नो ठाउँबाट आफू आत्मनिर्भर बन्छु भन्ने सोच्नुपर्ने बताए।

 

Ad