Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

क्यूआर कोर्ड मार्फत कारोबार गरेर डिजिटल वेनीफिट लिन गभर्नर अधिकारीको आव्हान

२०७८ कार्तिक ११ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोर्डको प्रयोगबाट डिजिटल कारोबार गरेर छिटो छरितो अर्थतन्त्रको विकास गर्न आम नागरिकलाई आव्हान गर्नुभएको छ । भाटभटेनी सुपरमार्केटमा सुरु भएको क्यूआर कोर्डको समुद्घाटन गर्नुहुँदै गभर्नर अधिकारीले डिजिटल कारोबारमा भएको बृद्धिले आर्थिक कारोबारलाई सहजतातर्फ धकेलेको बताउनुभयो । उहाँले डिजिटल कारोबारको बृद्धिले मात्रै क्यासलेस कारोबारमा पुग्न सहज हुने उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले ठुला डिपार्टमेन्ट स्टोरदेखि ससाना फलफूल पसलसम्म क्यूआर कोर्डको प्रयोग गर्न सकिने हुँदा यसको फाइदाहरु समेत औल्याउनुभयो । गभर्नर अधिकारीले डिजिटल नेपालको फ्रेमवर्क लक्षलाई साथ दिएर अघि बढ्ने बैंकवित्तहरुलाई धन्यवाद दिँदै आम नागरिकलाई डिजिटल कारोबार गर्न आवहान गर्नुभयो । त्यस अवसरमा उहाँले भाटभटेनी सुपरमार्केटमा क्यूआर कोर्डको प्रयोगबाट भुक्तानी गरी सामान खरिद गर्ने कार्यको समेत सुरुवात गर्नुभयो ।

प्रभु बैंकले फोनपेको क्यूआर प्रयोगबाट भाटभटेनी सुपरमार्केटमा डिजिटल कारोर सुभारम्भ गरेको हो । कार्यक्रममा प्रभु बैंकका सिइओ अशोक सेरचनले प्रभु बैंक डिजिटल कारोबारलाई हर प्रयासबाट अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले डिजिटल अभियानलाई आफूले सक्दो अघि बढाउने र क्यूआर कोर्ड प्रयोग गर्ने ग्राहकलाई छुट दिने बताउनुभयो ।