Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले निर्देशन दिँदै गर्ने, बैंकरुले गल्ती दोहोराइरहने !

२०७८ कार्तिक ९ गते

बैंकिङ खबर । पछिल्लो समय बैंकवित्तहरुले राष्ट्र बैंकका निर्देशनहरुलाई सामान्य ढंगले लिन थालेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत बैंकवित्तहरु अघि बढीरहने र राष्ट्र बैंक पपिछि करेक्शन गर्दै जाने काम भएको देखिन्छ । केही बैंकवित्तहरुले ठाडै राष्ट्र बैंकको निर्देशन लत्ताउने गरेका छन् ।

नेपाल राष्ट्र बैंकले बैंकवित्तलाई सचेत बनाइरहने काम गरेको छ । सामान्य कार्बाहीमा पनि राष्ट्र बैंक अघि सरेको छ । तर बैंकहरु गल्ती दोहोराइरहेका छन् । ब्याजदर बढाएर बजारमा एकाएक चर्चा कमाएका बैंकवित्तहरुलाई पनि राष्ट्र बैंकले सचेत बनायो । तथापी वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले सचेत बनाउने हिसाबले मात्रै काम गर्यो । राष्ट्र बैंकले सचेत बनाएकै दिन एनआइसी एशिया बैंकले अघिल्लो मितिमा प्रसस्तै रकम निक्षेप उठायो ।
असोज महिनामा नै केही बैंकहरुले नियम विपरित ब्याज बढाए । कात्तिक १ देखि बैंकहरु निक्षेप संकलनका लागि प्रतिशपर्धि नै बनेर उत्रिए । राष्ट्र बैंकले ३ बुँदे निर्देशन जारी गरेपछि बैंकहरु पछि हटे । 

Ad