बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको रिपोर्ट अनुसार चालु आबको दोस्रो महिनामा निर्यातमा अत्याधिक सुधार आएको छ । अर्थतन्त्रका अन्य सूचकहरु पनि राम्रा छन् । तथापी रेमिट्यान्स सेवामा भने गिरावट आएको छ ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.४९ प्रतिशत छ ।
आयात ७५.९ प्रतिशतले र निर्यात ११५.४ प्रतिशतले बढेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ६.३ प्रतिशत र अमेरिकी डलरमा ५.८ प्रतिशतले घटेको छ ।
शोधनान्तर स्थिति रु.८३ अर्ब ४१ करोडलेघाटामा छ ।
कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब १४ करोड अमेरिकी डलर रहेको छ ।
संघीय सरकारको खर्च रु.८९ अर्ब ९४ करोड र राजस्व परिचालन रु.१६८ अर्ब ५८ करोड छ ।
विस्तृत मुद्राप्रदाय ०.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २०.९ प्रतिशतले बढेको
छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले बढेको छ र निजीक्षेत्रमाथिको दावी ६.५ प्रतिशतले
बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर २१.७ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर ३२.५
प्रतिशत छ ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले कमी आई रु.१५५ अर्ब ३७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड रहेकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३८,४९२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई २२,९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ६.४ प्रतिशतले कमी आई रु.१७१ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले बढेको थियो ।