Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले व्याजदर घटाए, अत्याधिक व्याजदर ९.३६ प्रतिशत कायम

२०७८ कार्तिक ४ गते

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले एकाएक व्याज बढाएपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । राष्ट्र बैंकको हस्तक्षेप पछि व्याजदर घटाउन बाध्य भएका छन् । पछिल्लो समयमा व्याजदर ११ प्रतिशतसम्म पुराएका बैंकहरुले दोहोरो अंक भन्दा मुनि व्याजदर कायम गरेका छन् । यो निक्षेप तर्फ एकबर्षे मुद्धतिको वयाजदर हो । निक्षेपमा व्याजदर बढाएपछि कर्जामा स्वतह व्याजदर बृद्धि हुने देखिन्छ । बजारमा तरलताको अभाव भएका कारण बैंकहरु आक्रामक रुपमा निक्षेप संकलनमा लागेका हुन् । राष्ट्र बैंकले यसअघि तोकिएको ब्याजदरमा १० प्रतिशत भन्दा माथि व्याजदर बढाउन नपाइने प्रावधान ल्याएको छ । सो प्रावधानपछि बैंकहरुले धमाधम नयाँ व्याजदर प्रकाशित गर्न थालिसकेका छन् । ११ प्रतिशत व्याजदर तोकेका बैंकहरु नौ दशमलव ३६ प्रतिशत व्याजदरमा ओर्लीएका छन् ।
अधिकतम ब्याजदर प्रस्ताव गरेका हिमालन बैंक र एनआइसी एसिया बैंकले ९.३६ प्रतिशतमा व्याजदर कायम गरेका छन् । यी बाहेकका बैंकहरुको पनि अधिकतम व्याजदर ९. ३६ प्रतिशत छ । कम व्याजदर दिने बैंकहरुले ८.१५ प्रतिशत तोकेका छन् । कम व्याजदर तोक्ने बैंकहरुमा प्रभु बैंक, नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक छन् । चालु आवको बजेट सार्वजनिक भएपछि सरकार परिवर्तनका कारण समयमै बजेट खर्च सुरु हुन सकेको छैन । यसैगरी साउनमा रेमिट्यान्सको गिरावट र आयत उच्च दरले वृद्धि हुँदा बैैंकिङ तरलतामा अझै दबाब बढेको छ । ब्याजदर वृद्धिको चौतर्फी आलोचना हुन थालेपछि राष्ट्र बैंकले मंगलबार राति हस्तक्षेप गर्दै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निर्धारणमा लगाम लगाएको थियो । 

उता वाणिज्य बैंकहरुले हाललाई संस्थागत मुद्दती निक्षेपमा १० प्रतिशतभन्दा कम ब्याजदर तोक्नेगरी सहमति गरेका छन् । नेपाल बैंकर्स एसोसिएसनले यस्तो सहमति गरेको हो । राष्ट्र बैंकको निर्देशनपछि बाणिज्य बैंकहरुले व्याजदर घटाउन बाध्य भएका हुन् । १० प्रतिशत भन्दा कम व्याजदर तोक्ने सहमति हालका लागि कायम गरिउको जनाइएको छ ।
राष्ट्र बैंकको निर्देशनअनुसार सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्न थालीसकेका छन् । यसअघि वाणिज्य बैंकहरुले व्यक्तिगत र संस्थागत मुद्दतीमा ११ प्रतिशतभन्दा बढी ब्याजदर तोकेका थिए । राष्ट्र बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो ।

Ad