
बैंकिङ खबर । कोरोना महामारीले विश्व अर्थतन्त्रमा पारेको असर नेपालमा देखिन थालेको छ । नेपालका वाणिज्य बैंकहरुमा तरलता अभावको कारण बैंकहरु ब्याजदर बढाउन तछाडमछाड गरिरहेका छन् । बैंकमा रकम अभावका कारण वाणिज्य बैंकहरुले ११ प्रतिशतभन्दा बढी मुद्दति निक्षेपमा अफर गर्न थालेका छन् । नेपाल बैंकर्स संघका अनुसार दोहोरो अंकमा ब्याजदर नबढाउने सहमति भए पनि असोजदेखि नै तरलता चरम अभाव भएको हुँदा बैंकअनुसार ब्याजदर निर्धारण हुने जनाएको छ ।
किन बढ्यो ब्याजदर ?
नयाँ निक्षेपकर्ता बढ्न सकिरहेको अवस्था छैन, कर्जा–निक्षेप अनुपात (सिसिडी रेसियो) खारेज गरेर कर्जा निक्षेप अनुपात लागू गर्नुलाई मानेका छन् । तर, यसमा सत्यता भने देखिएको छैन । बैंकहरुले अस्वभाविक रुपमा बढाएको ऋणका कारण तरलता अभाव भएर ब्याज बढाउनु परेको हो। यसमा सीडी रेसियो थोरै जोडिएर आउँछ।
नयाँ नियम अनुसार ऋण बढाउन निक्षेप बृद्धि गर्नैपर्छ। तर, बजारलाई (प्यानिक) बनाउने गरी ब्याजदर प्रकाशित नहोस् (खासगरी ठूलो हल्लाखल्ला नहोस्) भन्ने राष्ट्र बैंक चाहन्छ। असोज महिनाको तुलनामा धेरै जसो वाणिज्य बैंकहरुले कात्तिक महिनाको निक्षेपमा ब्याज बढाएका छन् हेरौं कुन बैंकको कति ब्याजदर :
एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंक अन्य बैंकको तुलनामा ब्याजदर बढाउने बैंकमा अगाडि आउछ । एनआइसी एसिया बैंकले कात्तिक महिनामा एक वर्षे मुद्दति निक्षेपमा ११.१० प्रतिशत ब्याजदर दिने भएको छ भने साधारण बचतमा ६.१० प्रतिशतदेखि ८.१० प्रतिशतसम्म ब्याजदर बढाएको छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकको असोज महिलाको मुद्दति ब्याजदर ८ प्रतिशत थियो । तर, कात्तिक महिनामा एकवर्षको मुद्दती निक्षेपमा ९.२६ प्रतिशत ब्याजदर दिएको छ । बचतमा भने ४.७६ देखि ६.०६ प्रतिशत ब्याजदर दिने सिटिजन्स बैंकले जनाएको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले ब्याजदर परिवर्तत गरेको छैन । उसको एकवर्षको मुद्दती निक्षेपमा ८ प्रतिशत ब्याजदर दिने छ भने बचतमा ३।६१ देखि ४ प्रतिशत ब्याजदर दिने छ।
मेगा बैंक
मेगा बैंकले भने ब्याजदर घटाएको छ । मेगाले एकवर्ष मुद्दती निक्षेपमा ८.७७ प्रतिशत ब्याजदर दिने छ तर उसको असोज महिनामा ९ प्रतिशत ब्याजदर रहेको थियो । बचतमा ४.७७ देखि ५.७७ प्रतिशत ब्याज दिनेछ ।
एनबी बैंक
एनबी बैंकले असोजको तुलनामा कात्तिक महिनामा १.२१ प्रतिशतले वृद्धि गरेको छ । असोज महिनामा पहिला ८.७६ प्रतिशत रहेको थियो भने कात्तिकमा १०.२८ प्रतिशत एक वर्षको मुद्दती निक्षेपमा ब्याजदर दिने छ । यस्तै बचतमा ५.२८ प्रतिशत दिने छ । उसको असोजको बचतमा ३.६० प्रतिशत ब्याजदर रहेको थियो ।
हिमालयन बैंक
हिमालयन बैंकले १०.५० प्रतिशत मुद्दतीमा रहेको छ भने बचतमा ६.७७ देखि ७.६७ सम्म ब्याजदर दिने घोषणा गरेको छ । असोज महिनामा हिमालयन बैंकको ब्याजदर ८.५० मुद्दतीमा र बचतमा ४.१५ देखि ६.१५ रहेको थियो ।
लक्ष्मी बैंक
ब्याजदर बढाबढ उत्रेको बैंक हो लक्ष्मी बैंक । लक्ष्मी बैंकले ११.०५ मुद्दतीमा दिनेछ भने साधारण बचतमा ६.०५ देखि ६.२५ ब्याजदरसम्म दिने छ । असोज महिनामा उसको ब्यादर मुद्दतिमा ८.५ प्रतिशत रहेको थियो भने बचतमा ४ देखि ६ प्रतिशत ब्याजदरसम्म दिएको थियो ।
सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी बैंकको असोज महिनामा ८.५० प्रतिशत मुद्दती निक्षेपमा दिएको थियो भने कात्तिकमा ९.७५ प्रतिशत ब्याजदर मुद्दतीमा तथा बचतमा ५.२५ देखि ७.२५ प्रतिशत ब्याजदर दिने जनाएको छ ।
एनसीसी बैंक
एनसीसी बैंकले मुद्दती ब्याजदरमा १० प्रतिशतभन्दा माथि पुर्याएको छ । त्यस्तै साधारण बचतमा ५.५५ देखि ६ प्रतिशतसम्म ब्याज दिने छ । उसको असोज महिनामा मुद्दती निक्षेपमा ९.२६ प्रतिशत ब्याजदर रहेको थियो ।
एसबिआई बैंक
अर्काे भारतीय लगानीमा रहेको एसबिआई बैंकले एकवर्षे मुद्दती निक्षेपमो ब्याजदर ७.०६ प्रतिशत पुर्याएको छ । असोज महिनामा ६.५५ प्रतिशत थियो ।
ग्लोबल आइएमई
ग्लोबल आइएमई बैंकले मुद्दतीमा ९.५० प्रतिशत दिने छ । त्यस्तै बचतमा ४.५० प्रतिशत ब्याजदर रहेको छ । असोज महिनामा मुद्दती निक्षेपको ब्याजदर ८.९० प्रतिशत रहेको थियो ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले पनि ब्याजदर १० प्रतिशतभन्दा बढी पुर्याएको छ । सिद्धार्थ बैंकले एकवर्षको मुद्दती निक्षेपमा १०.३ प्रतिशत ब्याजदर दिने छ । असोज महिनामा ८.७५ प्रतिशत ब्याजदर दिएको थियो ।
सनराइज बैंक
सनराइज बैंकले असोज महिनामा नै ब्याजदर १० प्रतिशतभन्दा माथि लगेको थियो । कात्तिक महिनामा भने सनराइज बैंकले ब्याजदर घटाएको छ । सनराइज बैंकले एकवर्षको मुद्दती निक्षेपमा ८.५० प्रतिशत ब्याजदर दिने छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले मुद्दती निक्षेपको ब्याजदर ९.५० प्रतिशत पुर्याएको छ भने बचतमा ५ देखि ६.२५ प्रतिशतसम्म नयाँ ब्याजदर रहेको छ ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डू को असोज महिनामा ८.२७ प्रतिशत रहेको थियो भने उसले त्यो दरलाई बढाएर९.५७ प्रतिशत पुर्याएको छ ।
प्रभु बैंक
प्रभु बैंकले १ वर्षे मुद्दति निक्षेपको ब्याजदर ८.२५ प्रतिशत कायम गरेको छ । यता राष्ट्रिय वाणिज्य बैंकले मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।
प्राइम बैंक
प्राइम बैंकले कात्तिक महिनामा ०.२५ प्रतिशत वृद्धि गरेर ९.२५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिने भएको छ । उसको असोज महिनामा ९ प्रतिशत ब्याजदर रहेको थियो ।
कुमारी बैंक
कुमारी बैंकले ९.८१ प्रतिशत मुद्दती निक्षेपमा ब्याजदर दिने भएको छ । असोज महिनामा कुमारी बैंकको ८.१५ प्रतिशत रहेको थियो ।
एनएमबि बैंक
एनएमबि बैंकले ९.५७ प्रतिशत ब्याजदर एकवर्षको मुद्दती निक्षेपमा दिने छ । असोज महिनामा ९ प्रतिशत थियो ।
नबिल बैंक
नबिल बैंकले एकवर्षको मुद्दती निक्षेपमा ८.७६ प्रतिशत ब्याजदर दिने छ । असोज महिनामा ८.०१ प्रतिशत थियो ।
सिभिल बैंक
सिभिल बैंकले ब्याजदर १० प्रतिशत बनाएको छ । सिभिल बैंकले एकवर्षे मुद्दती निक्षेपमा १०.११ प्रतिशत ब्याजदर दिने छ । असोज महिनामा ८.०५ प्रतिशत ब्याजदर रहेको थियो ।
सानिमा बैंक
सानिमा बैंकले कात्तिकदेखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर घटाएको छ । बैंकले मुद्दति निक्षेपमा १.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको हो । यसअघि मुद्दति निक्षेपमा ९.५१ प्रतिशतसम्म ब्याज दिइरहेको बैंकले यसलाई घटाएर ८.०१ प्रतिशत कायम गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकले असोज र कात्तिक महिनाको ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । एक वर्षे मुद्दति निक्षेपमा ७.५० प्रतिशत ब्याजदर दिनेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले असोज महिनाको तुलनामा कात्तिक महिनामा ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन ।
नेपाल बैंक
नेपाल बैंकले भने मुद्दति निक्षेपमा दिने ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले एक वर्षे अवधिको मुद्दति निक्षेपमा ८.०५ प्रतिशत ब्याजदर दिँदै आएको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले कात्तिकदेखि लागू हुने गरी १ वर्षे अवधिको मुद्दति निक्षेपमा १.७५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । यसअघि ७.२५ प्रतिशत ब्याजदर दिइरहेको बैंकले कात्तिकदेखि उक्त अवधिको मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याजदर दिने भएको छ ।