Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

चिनको सक्रियताले हल्लीयो क्रिप्टोकरेन्सी कारोबार : अबैध मुद्राको दलदलमाथि प्रश्न !

२०७८ आश्विन १३ गते

बैंकिङ खबर । चीन सरकारले क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) लाई अबैध घोषणा गरेर यसको कारोबारमा बन्देज लगाएपछि सो को प्रभाव सन्सार भर पर्ने देखिएको छ । चिनको यो सक्रियतापछि क्रिप्टोकरेन्सी कारोबारीहरु आतंकित भएका छन् । यसले विश्वकै काारेबारीमा सन्त्रास आएको छ । चिनमा अत्याधिक व्यक्तिले यो कारोबार गर्छन् । पिपल्स बैंक अफ चाइनाले हालै भर्चुअल मुद्राको कारोबारलाई अवैध घोषणा गर्दै त्यससँग जोडिएका कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको थियो । चिन क्रिप्टोकरेन्सी भर्चुअल मुद्राको प्रयोगलाई निस्तेज पार्ने नीतिका रूपमा अघि सरेको छ । चिनले भौतिक अस्तित्व नभएका बिटक्वाइनलगायत सबै प्रकारका क्रिप्टोकरेन्सीको कारोबार र माइनिङलाई अवैध भनेको छ । चिनमा यो घोषणा सँगै केन्द्रीय बैंक, धितोपत्रको नियामक निकाय तथा विदेशी विनियमको कारोबार गर्ने संस्थाहरूले भर्चुअल मुद्राको कारोबारलाई निस्तेज पार्न संयुक्त रूपमा पछिल्लो कदम चालिरहेका छन् । वित्तीय संघसंस्था, विभिन्न कम्पनी, भुक्तानी तथा इन्टेरनेट कम्पनीलाई क्रिप्टोकरेन्सीसँग सम्बद्ध क्रियाकलाप नगर्न निर्देशन दिइएको छ । पछिल्लो समय अभौतिक मुद्राको मूल्यमा विश्वव्यापी रूपमा गिरावट नै आएको छ । चीनमा यसअघि लुकिछिपी क्रिप्टोकरेन्सी कारोबार हुँदै आएको थियो ।

क्रिप्टोकरेन्सी के हो ?

‘क्रिप्टोकरेन्सी’ शब्द दुईवटा अंग्रेजी शब्द मिलेर बनेको छ – ‘क्रिप्टो’ अर्थात् गुप्त र ‘करेन्सी’ अर्थात् मुद्रा । सामान्य अर्थमा क्रिप्टोकरेन्सी गुप्त मुद्रा हो । यो इन्टरनेटमा चल्ने एक ‘भर्चुअल’ मुद्रा हो । यो एउटा त्यस्तो मुद्रा हो जुन कम्प्युटर एल्गोरिदममा निर्मित हुन्छ । यो एक स्वतन्त्र मुद्रा हो जसका कुनै मालिक छैनन् र एकाधिकारको नियन्त्रणमा पनि छैन । रुपैयाँ, डलर, युरो वा अन्य मुद्राजस्तै यो कुनै पनि राज्य, देश, संस्था वा सरकारद्वारा सञ्चालित हुँदैन । यो एक डिजिटल मुद्रा हो जसका लागि क्रिप्टोग्राफीको प्रयोग गरिन्छ । सामान्यतया, सामान किन्न वा सेवाका लागि यसको प्रयोग गर्न सकिन्छ । क्रिप्टोकरेन्सीको नाफा उच्च छ, अनलाइन किनबेचले गर्दा लेनदेन गर्न पनि सजिलो छ । क्रिप्टोकरेन्सीको कुनै नियामक निकाय छैन, त्यसैले नोसेट परिवर्तन वा मुद्रा अवमूल्यनजस्ता सर्तले यसलाई असर गर्दैन । जब २००९ मा बिटक्वइन सुरु गरिएको थियो त्यसवेला यसको मूल्य शून्य डलर थियो । 

क्रिप्टोकरेन्सीका प्रकार
क्रिप्टोकरेन्सीमध्ये सबैभन्दा बढी कीर्तिमान राखेर बजार तताउने बिटक्वाइन लोकप्रिय छ । बिटक्वइनबाहेक विश्वमा सयौँ अन्य क्रिप्टोकरेन्सी छन् । रेड क्वइन, सिया क्वइन, सिस क्वइन, भ्वाइस क्वइन, इथिरियम, रिपल, लिटक्वइन र मोनेरो यसका उदाहरण हुन् ।

के हो बिटक्वइन ?
बिटक्वइन एक क्रिप्टोकरेन्सी हो, जसमा अन्य भर्चुअल मुद्रामा जस्तै गुण छन् । यो एक भर्चुअल करेन्सी हो जो आफ्नै हातले छुन सकिँदैन । यसको लेनदेन अनलाइन माध्यमबाट एक वालेटबाट अर्को वालेटमा मात्र हुन्छ । यसलाई अन्य करेन्सीमा बदल्न पनि सकिन्छ । बिटक्वाइन २००९ मा चलनचल्तीमा आएको थियो । यसको आविष्कार जापानका सातोसी नाकामोतोले गरेको मानिन्छ, यद्यपि उनको नाम र पहिचान काल्पनिक रहेको बताइन्छ । यसको अस्तित्व भर्चुअल दुनियाँ अर्थात् इन्टरनेटमा मात्र रहन्छ । तर, जसरी भौतिक मुद्राले सामान किन्न सकिन्छ, त्यसरी नै यो मुद्राले पनि सामान खरिद–बिक्री गर्न सकिन्छ । यसको लेनदेन ‘पियर टु पियर’ नेटवर्कमा आधारित छ । यसको अर्थ यो एक अकाउन्टबाट अर्को अकाउन्टमा सर्भरविनै पुग्छ । यसका लागि केवल इन्टरनेट कनेक्सनको आवश्यकता पर्दछ । यसको मूल्य विश्वभर एक समान हुन्छ । उदाहरणका लागि विश्वभर एक बिटक्वाइनको मूल्य कुनै दिन १९ हजार ८ सय ६० डलरबराबर थियो ।
बिटक्वाइनको सबैभन्दा सानो करेन्सी सातोसी हो । १० करोड सातोसीको एक बिटक्वाइन हुन्छ । कुनै पनि करेन्सी, सामान वा सेवाबापत बिटक्वाइन खरिद गर्न सकिन्छ । यसमा कुनै देश, बैंक वा अथोरिटीको कन्ट्रोल हुँदैन । यसमा पैसा लगानी गर्नु जोखिमपूर्ण हुन्छ । कैयौँपटक यसको मूल्य केही घण्टामै ४० देखि ५० प्रतिशतसम्म झरेको छ । क्रिप्टोकरेन्सीको ज्यादातर प्रयोग गैरकानुनी काममा भइरहेको छ ।

कसरी सुरु भयो बिटक्वइन ?
सन् २००९ तिर सातोसी नाकामोतोले यो सफ्टवेर लन्च गरेको बताइन्छ । यसलाई सुरुमा अनलाइन गेम खेल्न प्रयोग गरिन्थ्यो । केही समयपछि यसको प्रयोग अनलाइन काम गरेर पैसा कमाउने व्यक्तिहरूले गर्न थाले । उनीहरूले विस्तारै कागजी नोटको साटो यस्तो मुद्रा प्रयोग गर्न थाले र बिटक्वाइन सञ्चित गर्न थाले । त्यसपछि बजारमा यसको माग बढ्दै गयो र यसले विश्वव्यापी रूपमा मुद्राको रूप लियो । विश्वभरका अरू धेरै क्रिप्टोकरेन्सीमध्ये हाल सबैभन्दा प्रचलित बिटक्वाइन नै छ ।

बिटक्वइनबाहेक लोकप्रिय अन्य केही मुद्रा
बिटक्वइनबाहेक पनि अन्य केही राम्रा क्रिप्टोकरेन्सी बजारमा उपलब्ध छन् । तीमध्ये आजभोलि अधिक प्रयोग भइरहेका केहीको जानकारी यहाँ दिइन्छ –

१. रेड क्वइन : रेड क्वइन विशेष अवसरमा प्रयोग गर्न सकिने क्रिप्टो मुद्रामध्ये एक हो । यसको उपयोग मानिसलाई सल्लाह दिन गरिन्छ ।

२. सिया क्वइन : सिया क्वइन पनि वर्तमानमा धेरै प्रयोग गरिने मुद्रमा पर्छ । यो अहिले बढ्दो क्रममा छ । यो क्वइनको मूल्यमा हाल अधिक वृद्धि भइरहेको छ ।

३. यसवाइयस क्वइन (सिस्क्वइन) : यो एक क्रान्तिकारी क्रिप्टोकरेन्सी हो । यो शून्य लागतको वित्तीय लेनदेन र अविश्वसनीय गतिका साथ अघि बढिरहेको छ । व्यवसाय, सम्पत्ति तथा डिजिटल प्रमाणपत्र डेटाको सुरक्षित व्यापार गर्न यसको प्रयोग भइरहेको छ । यसले पूर्वाधार निर्माणका साथ व्यवसाय प्रदान गर्दछ । सिस्क्वइनले ब्लकचेनमा काम गर्दछ जुन बिटक्वइनकै एक अंश हो ।

४. भ्वइस क्वइन : यो एक उदाउँदो संगीतकारका लागि डिजाइन गरिएको प्लेटफर्म हो जहाँ गायकले उनीहरूको संगीतको मूल्य स्वयं निर्धारण गर्न सक्छन् । उनीहरूले निःशुल्क रूपमा संगीतको नमुना ट्र्याक प्रदान गर्न सक्दछन् । यस प्लेटफर्मको मुख्य उद्देश्य स्वतन्त्र कलाकारलाई मुद्रीकरण गर्नु हो ।

५. मोनेरो : यो विशेष प्रकारको सुरक्षा प्रयोग गरिने क्रिप्टोकरेन्सी हो । यसलाई ‘रिंग सिग्नेचर’को नामले चिनिन्छ । यसको अधिक उपयोग डार्क वेभ र ब्लक मार्केटमा हुन्छ । यो कालो वेब र ब्लक बजारमा व्यापक प्रयोग गरिन्छ । यसको सहयोगले तस्करी गरिन्छ । यो करेन्सीको प्रयोगले सजिलै कालोबजारी गर्न सकिन्छ ।

Ad