स्टक ब्रोकर नम्बर ५२ सुनधारा सेक्युरिटिज एक साताका लागि निलम्बित भएको छ । शेयर कारोबारको रकम समयमा सेटल नगरेका कारण सुनधारा सेक्युरिटिजलाई एक साताका लागि निलम्बन गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
पछिल्लो समय कारोबारको राफसाफ प्रणालीमा आएको चुस्ततासंगै अधिकांस ब्रोकरहरुले पनि समयमा नै कारोबार राफसाफ गराउँदै आएका छन् । तर प्रकृयागत ढिलासुस्ती र लगानीकर्ताबाट शेयर कारोबारको रकम संलनमा हुने ढिलासुस्तीका कारण पनि ब्रोकरहरु समस्यामा पर्दै आएका छन् । जसको शिकार लगानीकर्ताहरु पनि हुँदै आएका छन् ।
केही समय अघि मात्र अरुण सेक्युरिटिज र सनी सेक्युरिटिज पनि यस्तै प्रकरणका कारण एक साताका लागि आउट भएका थिए ।


