Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपालमा क्रिप्टो करेन्सी कारोबार वा माइनिङ गर्नेलाई मुद्रा अपचलनको मुद्दा लाग्ने !

२०७८ भाद्र २४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीको कारोबार वा माइनिङ गर्नेलाई कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले विहीबार एक सूचना प्रकाशित गरी क्रिप्टो करेन्सीको कारोबार वा माइनिङ गर्नेलाई कारबाही गर्ने जनाइएको हो । राष्ट्र बैंकले क्रिप्टो करेन्सीहरुको कारोबार, प्रयोग वा माइनिङ सम्बन्धि कार्य नेपालमा गैरकानुनी रहेको भन्दै सो को कारोबार नगर्न तथा नगराउन भनेको छ । सूचना अनुसार त्यस्तो कारोबार गरेको पाइएमा प्रयोगकर्तालाई नेपालको ऐन अनुसार मुद्रा अपचलनको मुद्दा लाग्ने छ ।

Ad