Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकको निक्षेपमा आकर्षक व्याजदर

२०७८ भाद्र २४ गते

बैंकिङ खबर । नेपाल बैंक लि.ले हाल निक्षेपमा आकर्षक व्याजदर प्रदान गरिरहेको छ । बचत खातामा ४.५५ प्रतिशत सम्म र मुद्धति खातामा ८.०५ प्रतिशत ब्याजदर प्रदान गरिरहेको बैंकले जनाएको छ । बैंकले गत बर्ष आफ्नो ८४ औं बार्षिक उत्सवका अवसरमा २०७८ कार्तिक ३० गते सम्मको लागि मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ, भिसा, डेविड कार्ड, डिम्याट खाता, मेरो शेयर र सिआस्वा लगायतका डिजिटल प्रोडक्टहरु निःशुल्क रुपमा प्रदान गर्दै आएको जनाएको छ ।
नेपालको पहिलो बैंक नेपाल बैंक लि. ले समय अनुकुल आफूलाई परिमार्जन गरीरहेको छ । हाल आधूनिक बैकिङ प्रबिधिलाइ आत्मसाथ गर्दै सम्पुर्ण बैंकिङ सेवा सूविधाहरु प्रदान गरिरहेको जनाएको छ । बैंकले डिजिटल सेवालाई सजिलो र भरपर्दो बनाउने अभियान चलाएर ग्राहकलाई डिजिटल अनुभव दिने तरिकाले काम गरेको तथा मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड, अनलाईन खाता खोल्ने र अनलाइन क्रेडिट कार्ड अप्लाइ गर्ने, अनलाईनबाट सवै किसिमका खाता खोल्ने लगायतका थुप्रै डिजिटल सेवाहरु प्रवाह गर्दै आएको उल्लेख गरेको छ ।

Ad