
बैकिङ खबर । डिजिटल बैंकिङ अर्थात भौतिक रुपमा उपस्थित नभइ आधुनिक सूचना तथा प्रविधिको उपयोग गरेर गरिने बैंकिङ प्रणाली, अर्थात डिजिटल बैंकिङ एक नयाँ युग हो, अब हामीले पहिलेको जस्तो पैसाको लेनदेन गर्नका लागि बैंकको शाखाहरुमा धाइरहन पर्दैन । घरमै बसेर केही मिनेटमै कम्प्यूटर, ल्यापटप र स्मार्टफोन आदिको प्रयोगबाट सबै बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिन्छ । यसको अतिरिक्त पैसा पनि लाग्दैन । डिजिटल बैंकिङले ग्राहकहरुको दैनिकी एवं जीवनशैलीमा बैंकलाई प्रविधिबाट सम्बन्ध जोड्ने गर्दछ ।
पहिले हामी पैसा निकाल्न घण्टौसम्म लाइन बस्नुपर्ने बाध्यता थियो भने अहिले एटिएमको माध्यमबाट सजिलै केही छिनमै नगद प्राप्त गर्न सक्छौ । यस डिजिटल युगले सबैकुरा सहज बनाइदिएको छ, हामी जुनसुकै स्थानमा गएर डेबिट कार्डद्धारा नगद बिना नै कुनै पनि वस्तु तथा सेवाको उपभोग गर्न सक्छौ । जसबाट नगद बोक्न हुने झन्झट, हराउने, चोरी हुने जोखिमबाट बच्न सकिन्छ ।
नेपालमा डिजिटल बैंकिङ सन् १९९३ तिर सुरु भएको हो । यस्तै, इन्टरनेट बैंकिङको थालनी सन् २००२ मा भएको हो । यस्तै, सन् २००३ मा भिसा डेबिट कार्ड र २००४ मा मोबाइल बैंकिङ सुरु भएको पाइन्छ । यद्यपी यसको प्रयोग र विस्तारमा केही समय भने लाग्यो । तर हाल कोरोना माहामारीको रोकथाम एवं नियन्त्रणका लागि गरिएको लकडाउन र भौतिक दुरी कायम गर्नुपर्ने भएकाले डिजिटल बैंकिङ प्रयोगकर्ताको संख्यामा वृद्धि भएको छ । खाता खोल्ने, भुक्तानी गर्ने, पैसा पठाउने, ऋण आवेदन दिने जस्ता बैंकिङ सेवाहरू अहिले घर बसेरै गर्न सकिन्छ ।
यसर्थ सूचना प्रविधिमा भएको विकाससँगै डिजिटल बैंकिङ साझा रुचि एवं चासोको विषय बनेकाले यसको प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गएकाछन् । आज हरेकको धेरै समय सामाजिक सञ्जाल तथा मोबाइल फोनमा व्यतित हुन्छ र यो सबैको पहुँचमा पनि छ । यस्तो प्रविधिमार्फत मानिसहरुलाई बैंकसँग जोड्न र जोडिन पनि सहज छ । यस प्रकारको बैंकिङ प्रविधिले घरमै बसेर सबै कारोबार गर्न सहज हुन्छ । साथसाथै यस माहामारीमा शारीरिक दूरी पनि कायम हुन्छ । यस बाहेक, कम्पनीहरुले डिजिटल भुक्तानीबाट आफ्नो ग्राहकहरुलाई छूट र क्यासब्याकको आकर्षक अफरहरु समेत प्रदान गरिरहेका हुन्छन् । आजभोली क्यासलेस कारोबार रुचि, चासो र भरपर्दो माध्यम बनेको छ । यसको प्रयोग पनि सहज, सरल र भरपर्दो छ । आज लगभग हरेक साना, ठूला शहरहरुमा यसको प्रयोग बढीरहेको छ । कुनै पनि स्थानमा वस्तु तथा सेवाको उपभोग गरेवापत पैसाको साटो डिजिटल पेमेन्ट गर्न सकिन्छ । हरेक साना ठुला पसलमा क्यु आर कोडको उपलब्धता रहेको छ । बैंकहरुले समेत सबै क्षेत्रमा क्यु आर कोड सेवा प्रदान गरिरहेका छन् ।
नेपाल सरकारले पनि डिजिटल कारोबारलाई प्रोत्साहित गर्न डिजिटल नेपाल फ्रेमवर्क २०७६ सार्वजनिक गरेको छ, उक्त डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत रहेको ८ वटा क्षेत्रहरु मध्ये एक महत्वपूर्ण क्षेत्रको रुपमा वित्तीय क्षेत्र पनि समावेश छ । जहाँ “डिजिटल नेपालका पहलले वित्तीय क्षेत्रलाई प्रोत्साहित गर्न डिजिटल प्रविधि तथा टेलिकमका प्रविधिबाट लाभ लिदै बैकिङ संञ्जालमा आवद्ध नभएका जनतालाई लक्षित गरेको छ । वित्तीय मध्यस्थता र वित्तीय लागत कम गर्ने प्रायोजनका लागि वित्तीय समावेशिता तथा आर्थिक समृद्धि बीच बलियो सम्बन्ध रहेकाले फिनटेकको प्रयोगबाट बैंकमा आवद्ध नभएका ५५ प्रतिशत जनतामा वित्तीय सेवाको पहुँच पुर्याउने, वित्तीय प्रणलीलाई पारदर्शी र जवाफदेही बनाउने र कर प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने र कर प्रणालीलाई लागत कम गरी स्वेच्छिक कर सहभागिता प्रवद्र्धन र राष्ट्रिय राजश्वको संरक्षण गर्ने उदेश्य लिइएको छ ।” उल्लेख गरिएको छ ।
डिजिटल बैंकिङको प्रोत्साहनमा जोड, केही पहुँच बाहिर
बैंकहरुले डिजिटल बैंकिङको प्रोत्साहनका लागि ग्राहक सेवालाई राम्रो बनाउन सूचना र प्रविधिमा विशेष जोड दिएका छन् र यस क्षेत्रमा धेरै लगानी समेत गरेका छन् । कर्मचारीहरुलाई प्रशिक्षित गरेका छन् । यसको परिणामस्वरुप ग्राहकहरुले समेत घरमै बसेर बैंकिङ सुविधाको लाभ उठाइरहेका छन् । एटीएम, इन्टरनेट बैंकिङ, माबाइल बैंकिङ, मोबाइल वालेट आदिले बैंकिङ सहज बनाइदिएको छ । यसको कारण ग्राहकहरुको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ । उनीहरुको समय र पैसाको समेत बचत भइरहेको छ । तर पनि बैंकिङ क्षेत्रले दुई प्रमुख चुनौतीको सामना गरिरहेको छ । एक– देशका धेरै जनसंख्या बैंकिङ सुविधाबाट बन्चित छन् । उनीहरुको बैंक खाता छैन । उनीहरु आफ्नो बचत, ऋण तथा अन्य बैंकिङ आवश्यक्ता पूरा गर्न गैर बैंकिङ व्यवस्थामा आश्रित छन् । त्यहाँ उनीहरुको शोषण हुने गर्दछ । यो पनि उनीहरुको गरीबी र आर्थिक पिछडापनको एक कारण हो । उनीहरुलाई औपचारिक बैंकिङ व्यवस्था उनीहरुको पहुँचभन्दा बाहिरको लाग्छ यसर्थ उनीहरु गैर बैंकिङ व्यवस्थामा निर्भर रहन्छन् ।
दोस्रो– देशका धेरै मानिसहरु आज पनि बैंकिङको प्रयोगबाट टाढै छन् । किनभने केही यसको पहुँचबाट टाढा नै छन् । केही भने यस प्रविधिलाई लिएर विश्वस्त हुन सकेका छैनन् । जस्तै, मोबाइल बैंकिङ, बैंकिङको एक अत्यन्तै सरल र सस्तो विकल्प भएतापनि ग्राहकहरुबाट अपेक्षित लोकप्रियता पाउन सकिएको छैन ।
डिजिटल बैंकिङका फाइदाहरु
१. घरमै बसेर अनलाइन मार्फत देश, विदेशबाट डिजिटल भुक्तानी प्राप्त गर्न सक्नुहुन्छ ।
२. इन्टरनेट बैंकिङको सहयोगमा चेक बुक र एटीएम कार्ड को लागी आवेदन दिन सक्नुहुन्छ । बैंकमा धाइरहनु पर्दैन ।
३. तपाईले घरमै बसेर आफ्नो खाताको रकम जाँच गर्न सक्नुहुन्छ ।
४. यदि तपाई एक व्यापारी हुनुहुन्छ भने क्यु आर कोड मार्फत ग्राहक मार्फत भुक्तानी प्राप्त गर्न सक्नुहुन्छ ।
५. तपाईले आफ्नो मोबाइलबाट पसल, शपिङमल, होटल आदिमा अनलाइन भुक्तानी गर्न सक्नुहुन्छ ।
यसको प्रयोग सुरक्षित छ रु ह्याक हुने सम्भावना छ रु
यो एक महत्वपूर्ण प्रश्न हो जुन सबैको चासोको विषय बनेको छ । के यसको प्रयोग सुरक्षित छ रु के यसलाई ह्याक गर्न सकिन्छ रु जवाफ– यसको प्रयोग सुरक्षित छ । डिजिटल बैंकिंग प्रणाली ह्याक गर्न कठिन छ । तर यदि हामी यसको प्रयोगमा लापरवाह गर्छौ भने नोक्सान पनि हुन सक्छ । हाम्रो डिजिटल अकाउन्ट सुरक्षित राख्नका लागि केहि महत्वपूर्ण बिषयहरुमा ध्यान दिन आवश्यक हुन्छ ।
१. आफ्नो डेबिट कार्ड नम्बर, म्याद सकिने मिति, इन्टरनेट बैंकिङसँग सम्बन्धित आईडी र पासवर्ड कसैसग सेयर नगर्नुहोस् ।
२. बैंकहरुले कहिल्यै पनी ग्राहकहरुलाई खातासँंग सम्बन्धित कुनै जानकारी सोध्न फोन गर्दैनन् । त्यसैले फोन मार्फत कसैले खाताका बारेमा सोधखोज गरेमा कुनै जानकारी नदिई सम्बन्धित निकायमा तुरुन्त सम्पर्क गर्नुहोस् ।
डिजिटल हुनुको अर्थ के हो र ?
आम सर्वसाधारणका लागि डिजिटल बन्नुको अर्थ हो । नगद लेनदेनबाट बचेर अनलाइन (मोबाइल, डेबिट कार्ड आदि) लेनदेन को उपयोग गर्नु, कागजी कामलाई कम गर्नु । सरकारी तथा बैंकिङ कार्यका साथै व्यापारिक गतिविधिमा पारदर्शिता आउनु । जालसाजी ठगी र घूसखोरी आदि बाट बच्नु ।
डिजिटल बैंकिङको सहज प्रयोगमा मोबाइल बैंकिंङ
मोबाइल आज हरेक मानिसहरुको आवश्यकता हो र यो सबैको पहुँचमा समेत छ । मानिसहरु आफ्नो सबै काम मोबाइलबाट नै गर्न सहज मान्छन् । यसै कारणले धेरै जसो मानिसहरु आजकल मोबाइल बैंकिङको अधिक उपयोग गर्छन् । मोबाइल बैंकिङ एक यस्तो प्रणाली हो जसको माध्यमबाट मानिसहरु आफ्नो फोनको माध्यमबाट सबै बैंकिङ सुविधाहरुको लाभ उठाउन सक्छन् । मोबाइल बैंकिङ भविष्यमा पनि अधिक सुविधाजनक र सजिलो हुने अपेक्षा गर्न सकिन्छ ।
डिजिटल बैंकिङ लोकप्रिय बनाउनका लागि के गर्ने ?
डिजिटल प्रयोग देशको विकास अत्यावश्यक छ । यसका लागि बैंकको महत्वपूर्ण योगदान छ । किनभने बैंक अर्थव्यवस्थाको जग हो । यो एक महत्वपूर्ण सुरुवात हो । यसको प्रयोगबाट पारदर्शिता, सबै क्षेत्रमा सेवाको सहज र सरल पहुँच र अर्थव्यवस्थालाई नगदरहित हुन सक्छ । यस्तै, डिजिटल बैंकिङ लोकप्रिय बनाउनका लागि वित्तीय साक्षरतामा जोड दिन आवश्यक छ । यसका लागि र्बैक क्षेत्रमा समेत आपसी सहयोगको आवश्यक्ता छ । अर्थात गाउँ गाउँमा वित्तीय साक्षरताको स्तरमा सुधार गर्न सकियोस् । विशेषगरी दुर दराज क्षेत्रमा हुने डिजिटल बैंकिङको विस्तारमा सहयोग मिल्न सकोस् ।




