सिटिजन्स बैंक इन्टरनेशनका लगानीकर्ताले २५.७८ प्रतिशत लाभांश पाउने भएको छन् । बैंकको सञ्चालक समितिको २१४ औँ बैठकको निर्णयबमोजिम बैंकले आ.व २०७२/७३ को वितरणयोग्य मुनाफा उक्त लाभांश वितरण गर्ने भएको हो । २०७३ आषाढ मसान्तको चुक्ता पूँजी ३ अर्ब ६ करोड ५२ लाख ३३ हजार ८ सय १७ रुपैयाँको २४.४९% ले हुने रु ७५०,६७५,७६२ बोनस शेयर र सोमा लाग्ने करको लागि १.२९% ले हुने रु ३९,५०९,२५१ नगद लाभांश दिन लागेको बैंकले जनाएको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र यस बैंकको साधारण सभाबाट स्वीकृत भए पश्चात मात्र वितरण हुने छ ।
आर्थिक वर्ष २०७२/७३ मा थप रु. ११ अर्व ६१ करोड निक्षेप परिचालन गरी कूल निक्षेप रु. ४७ अर्व ३९ करोड परिचालन गरेको तथा कर्जा लगानी तर्फ थप रु. ११ अर्व ३६ करोड वृद्धि गरी कुल रु. ४० अर्व ५६ करोड कर्जा प्रवाह गरेको छ । त्यस्तै सोही आ.व.मा बैंकको संचालन मुनाफामा ४०.०४% र खुद मुनाफामा ४९.९९% वृद्धि भई क्रमश रु. १ अर्ब १० करोड ९८ लाख तथा १ अर्ब ८ करोड ३ लाख आर्जन गर्न सफल भएको छ ।


