बैंकिङ खबर । अफगानिस्तानमा राष्ट्रपति असरफ घानीको सरकार ढल्नु र तालिबानले अफगानिस्तान कब्जा गरेसँगै आम नागरिकहरुको समस्या चुलिदै गएको छ । सुरक्षाको चुनौतिका बिच नागरिकहरु देश छाड्नेक्रम जारी छ । यसैबीच, स्थानीय नागरिकहरु महंगाई र बैंकिङ सेवा समेत बन्द हुँदा थुप्रै समस्याहरुको सामना गरिरहेका छन् । तालिबानको कब्जा पछि अफगानिस्तानको राजधानी काबुलले सामानको मूल्यमा उल्लेख्य वृद्धि बैंकिङ सेवामा समस्याहरुको सामना गरिरहेको छ । अफगानिस्तानमा तालिवानको कब्जा पछि सामान्य जनजीवन नराम्रोसँग प्रभावित भएको छ । मानिसहरु डरले घरबाट बाहिर निस्किरहेका छैनन् । व्यवसाय, उद्योग र व्यवसाय सबै ठप्प छन् । नगद अभावका कारण सर्वसाधारणहरु आफ्नो घरको सामान समेत बेच्न बाध्य छन् । केही खुलेका बैंक एटीएम बाहिर मानिसहरुकोे भीड देखिन्छ ।
नगद अभावलाई ध्यानमा राख्दै बैंकहरुले एटीएमबाट पैसा निकाल्ने सीमा घटाएका छन् । अफगानी नागरिकहरुले एटीएमबाट २ सय डलर सम्म मात्र नगद निकाल्न सक्छन् । वित्तीय संकटका कारण अफगानी नागरिकहरुले बैंक बाहिर प्रदर्शन गरिरहेका छन् । हालसम्म धेरै देशहरुले तालिबानी शासनलाई स्वीकार गरेका छैनन् र यसैबीच विश्व बैंकले पनि ठूलो कदम चालेको छ । विश्व बैंकले अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहयोग रोकेको छ । बैंकको वेबसाइटमा उपलब्ध जानकारी अनुसार २००२ देखि हालसम्म विश्व बैंकले अफगानिस्तानलाई ५.३ बिलियन डलरको आर्थिक सहयोग गरिसकेको छ । यसअघि अमेरिकाले समेत अफगानिस्तानको सुन र मुद्रा भण्डार तालिबानलाई नदिने घोषणा गरिसकेको छ । अमेरिकामा मात्र अफगानिस्तानको ७ सय ६ अर्ब रुपैयाँको सम्पत्ति छ ।
यसैबीच, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले समेत अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहायता रोकेको छ । आईएमएफले तालिबानले अफगानिस्तानमा आफ्नो संसाधन प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो । आईएमएफले तालेवानको नियन्त्रणले अफगानिस्तानको भविष्यमा अनिश्चितता पैदा गरेको भन्दै अफगानिस्तानको ४ सय ६० मिलियन अमेरिकी डलरको आपतकालीन रिजर्भ अफगानिस्तानको पहुँच रोक्ने घोषणा गरेको हो ।