Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेरुडेले आफ्ना ग्राहकलाई ब्याजमा छुट दिने

२०७८ भाद्र १३ गते

बैकिङ खबर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेले कोभिड–१९ को कारण ग्राहक सदस्यहरुको नियमित व्यापार, व्यवसाय तथा रोजगारीमा परेको प्रतिकुल प्रभावको असर न्यूनीकरण गर्ने तथा यस माहामारीको समयमा ग्राहक सदस्यहरुलाई केही वित्तीय राहत उपलब्ध गराउने उद्देश्यले २०७८ जेष्ठ १६ गते देखि अषाढ मसान्तसम्म साँवा, व्याज वा व्याज मात्र भूक्तानी गरेमा भूक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुरुप वित्तिय संस्थाले उक्त मितिमा साँवा, व्याज वा व्याजमात्र भूक्तानी गरेका आफ्ना ग्राहक सदस्यहरुलाई ९९ लाख ९७ हजार ७०८ रुपैया व्याज छुट दिएको जनाएको छ । कोरोनाको कहरबाट आक्रान्त भएको बेला व्याज छुटले केही हद सम्म भए पनि सहुलियत भएको ग्राहक सदस्यहरुले जनाएका छन् । प्रदेश नं. १ को विराटनगरमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले २०७८ अषाढ मसान्तसम्म विभिन्न ३१ वटा जिल्लाका ९९ वटा कार्यालय मार्फत १ लाख ४८ हजार ३२ जना ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।