Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल स्टक एक्सचेञ्जमा आरबीबी म्युचुअल फण्ड–१ सूचीकृत

२०७८ भाद्र ११ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रबद्र्धक रहेको आरबीबी म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलोे बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फण्ड–१’ नामक योजना प्रति इकाई रु. १० का दरले १२,५०,००,००० इकाई अर्थात रु.१,२५,००,००,०००/– (एक अर्ब पच्चिस करोड रुपैयाँ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गर्नुभयो । उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत्प्रतिशत लगानी रहेको सहायक कम्पनीे आरविवि मर्चेन्ट बंैकिङ्ग लि. रहेको छ ।

Ad