Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

इन्फिनिटी र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार शुरु

२०७८ भाद्र ४ गते

बैंकिङ खबर । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले  शुक्रबारबाट एकीकृत कारोबार शुरु भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात शुक्रबारबाट एकीकृत कारोबार शुभारम्भ भएको हो । उक्त कार्यक्रम इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका सञ्चालक तथा संयुक्त मर्जर वा प्राप्ति समितिको संयोजक बलराम विष्टको सभापतित्वमा केन्द्रीय कार्यालय गैंडाकोट, नवलपुरमा सम्पन्न भएको हो ।

एकीकृत कारोबार शुभारम्भ समारोहको समुद्घाटन समारोहका सभापति र साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रमेश कुमार कर्मचार्यले संयुक्त रुपमा भर्चुअल मार्फत गर्नु भएको थियो । उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले उपस्थित सञ्चालक, अतिथि र सम्पूर्णलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा दुवै वित्तीय संस्थाको तर्फबाट सञ्चालक, संयुक्त मर्जर समितिका सदस्यहरुबाट समेत शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति बलराम विष्टले यस प्राप्ति पश्चात इन्फिनिटी लघुवित्त वित्तीय संस्था पनि बजारमा प्रतिस्पर्धा गर्न सक्ने एक सवल तथा सक्षम वित्तीय संस्थाको रुपमा अगाडि बढ्ने बताउनुभयो । यसै अवसरमा यस कार्यक्रममा सहयोग गर्नुहुने नेपाल राष्ट्र बैंक, सम्पूर्ण नियामक निकाय, दुवै वित्तीय संस्थाका सञ्चालक समिति, संयुक्त मर्जर समिति, दुवै संस्थाका संस्थापक तथा शेयरधनी दुवै संस्थाका व्यवस्थापन समिति, कर्मचारी तथा ग्राहक सदस्यहरुमा समेत धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

एकीकृत कारोबार पश्चात संस्थाको पुँजी रु. ३२ करोड ४६ लाख, सेवा पुगेको जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या ३४२, सदस्य संख्या ७४ हजार, निक्षेप रु. १ अर्व १५ करोड, कर्जा रकम रु. ४ अर्व १४ करोड भन्दा बढी हुने भएकोले सवल, सक्षम, ग्राहकहरुमा गुणस्तरीय सेवा, नवप्रवर्तनकारी संस्थाको रुपमा अगाडि बढाउने जानकारी प्रमुख कार्यकारी अधिकृतले दिनुभयो ।