
बैंकिङ खबर । कालिका लघुवित्तको प्रवन्ध संचालकमा केशव नारायण प्रधान नियुक्त हुनुभएको छ । यहि भाद्र ३ गतेको संचालक समितिको बैठकले उहाँलाई प्रवन्ध संचालकमा नियुक्त गरेको हो । उहाँले राष्ट्रिय बाणिज्य बैंकको ३० वर्ष लामो अवधीको बैकिङ्ग अनुभव हासिल गरी प्रवन्धक पदबाट निबृत्त भई यस अघि यसै संस्थामा डेढ वर्ष वरिष्ठ प्रवन्धकको रुपमा समेत कार्य गरिसक्नुभएको छ । प्रधान मिति २०७८ बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्दै संचालक पदमा निर्वाचित हुनु भएको थियो ।


