बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । वित्तीय पहुँच सम्बन्धमा केन्द्रीय बैंकबाट सम्पन्न एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको उल्लेख छ । क’, ख’ र ग’ वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणको आधारमा अध्ययन प्रतिवेदन तयार पारिएको जनाइएको छ ।