Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

हिंसा भड्किएपछि अफगानस्तान केन्द्रीय बैंकका गभर्नरले पद छाडे

२०७८ भाद्र ३ गते

बैंकिङ खबर । अफगानस्तानका केन्द्रीय बैंकका गभर्नर अजमल अहमदीले गभर्नर पद छाडेका छन् । ४३ वर्षिय अहमदीलाई एक वर्ष पहिले केन्द्रीय बैंक “द अफगानस्तान बैंक”ले कार्यवाहक गभर्नर नियुक्त गरेको थियो । अफगानस्तानको अवस्था हाल बिग्रदै गएको छ । अझै केही मानिसहरु अफगानस्तान छाड्ने क्रम जारी नै छ । यस्तैमा गभर्नर अजमल अहमदीले समेत देश छाडेका छन् । अफगान राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका अहमदीले ट्वीट मार्फत आफ्नो बयान जारी गर्दै देश छाडेको बताएका हुन् ।

 

Ad