बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशीले लघुवित्त संस्थाहरुले आफ्ना सदस्यहरुलाई उद्यमशील बनाउनुपर्ने बताएका छन् । स्वावलम्बन विकास केन्द्रद्धारा सञ्चालित नेपालमा ग्राहक संरक्षण सिद्धान्त र अभ्यास विषयमा आयोजित छलफल कार्यक्रममा शर्माले यस्तो बताएका हुन् । उनले लघुवित्तका सदस्यहरुलाई तालिम र अन्य व्यवसाय विकास वा विविधिकरणबारे तालिम दिएर सक्षम नबनाएसम्म उनीहरुको अवस्था माथि उकास्न कठिन हुने बताए ।
उक्त कार्यक्रममा स्वावलम्बन विकास केन्द्रका ४ वटा सदस्य संस्थाहरुले अन्तर्राष्ट्रिय स्तरको ग्राहक सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गरेका छन् । यो प्रमाणपत्र प्राप्त गर्नेमा काठमाडौंको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेकोे यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कैलालीकोे किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन् ।



