बैंकिङ खबर । नेशनल माईक्रोफाइनान्सकका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले लघुवित्तको मापदण्ड विपरित ऋण माथि ऋण दिने कार्य गलत भएको धारणा व्यक्त गरेका छन् । स्वावलम्बन विकास केन्द्रद्धारा सञ्चालित नेपालमा ग्राहक संरक्षण सिद्धान्त र अभ्यास विषयमा आयोजीत छलफल कार्यक्रममा यादवले यस्तो बताएका हुन् । उनले कर्जा दोहोरोपना गर्नु अनैतिक र अनुचित कार्य भएको धारणा राख्दै सबै लघुवित्त संस्थाहरु मिलेर कर्जा दोहोरोपनाको अन्य गर्नु पर्ने बताए । यस्तै अन्य सहभागी विज्ञहरुले नेपालको लघुवित्त सेवा गरीब तथा विपन्न बर्गमैत्री वनाउदै ग्राहकको हक, हित संरक्षणका विषयमा लघुवित्त संस्थाहरुले जिम्मेवार भएर लाग्नु पर्ने धारणा राखेका थिए ।



