
बैंकिङ खबर । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आ.ब. २०७८÷७९ को प्रारम्भमा ४ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । वित्तीय संस्थाले प्रदेश नं. ०१ अन्तर्गत ओखलढुङ्गा जिल्लाको घोराखोरी र यसम, कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको छिन्चु र लुम्बिनी प्रदेश अन्तर्गत दाङ्ग जिल्लाको गोबर्डिहा गरि जम्मा ४ वटा नयाँ शाखा कार्यालयहरु यहि मिति २०७८ साल भाद्र १ गतेबाट संचालनमा ल्याएको हो । साथै संस्थाले निकट भविष्यमा अन्य थप सात वटा नयाँ शाखा स्थापना गर्ने लक्ष्य लिएको छ ।
वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाको शाखा संख्या ४० पुगेको छ । २० वटा जिल्लामा कार्यक्षेत्र विस्तार गरेको यस वित्तीय संस्थाले ग्रामिण क्षेत्रका २८,३८३ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ ।


