Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

कोहलपुर कार्यक्रमसँगै मिर्मिरेका सबै शाखा प्रमुखले पाए तालिम

२०७८ श्रावण ३१ गते


बैंकिङ खबर/ मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. बौनिया क्षेत्रीय कार्यालयको आयोजनामा शाखा प्रमुखहरुको लागि व्यवसाय प्रवर्धन तथा शाखा व्यवस्थापन तालिम शनिबार बाँकेको कोहलपुरस्थित होटल अतिथिमा सम्पन्न भएको छ । बोनिया क्षेत्रीय कार्यालय प्रमुख बेद प्रकाश आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आचार्यसँगै बौनिया ब्लक स्टेशन प्रमुख सुरेश खड्का, तुल्सीपुर ब्लक स्टेशन प्रमुख भिम बहादुर साउद तथा आरएमडिसि लघुवित्त वित्तीय संस्था नेपालगञ्जका शाखा प्रमुख सुशिल घिमिरेले सहभागिहरुलाई सहजिकरण गर्नुभएको थियो । तालिममा सहभागिहरुलाई व्यवसाय प्रवर्धन, कम्प्युटर लेखा प्रणाली, कर्मचारीहरुको काम कर्तव्य अधिकार लगायतका विषयहरुमा सहजिकरण गरिएको हो ।

मिर्मिरेले श्रावण महिनाभरिमा आफ्नो १४८ वटा शाखाका शाखा प्रमुखहरु तथा अनुगमन प्रमुखहरुलाई बर्दिवास, झापा, चितवन, धुलिखेल, अमरगढी, कैलाली लगायत स्थानहरुमा व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापन सम्बन्धि तालिम दिएको हो । संस्थाले कर्मचारीहरुलाई दक्ष बनाउन तथा संस्थाको लक्ष्य हासिलको लागि श्रावण महिनाभरिमा विभिन्न ठाउँमा तालिम कार्यक्रम राखेर सबै शाखा प्रमुख तथा अनुगमन प्रमुखहरुलाई प्रशिक्षण गरिएको संस्थाका कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।