बैंकिङ खबर । चालू आर्थिक वर्षमा राष्ट्र बैंकले मूल्यवृद्धिदर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य राखेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दे यस्तो जानकारी दिएको हो । गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रवार राष्ट्र बैंकमा एक कार्यक्रमका बीच स्वदेश तथा विदेशमा मूल्य वृद्धिमा दबाब परिरहेको परिदृश्यलाई मध्यनजर गर्दै यस वर्ष मूल्य वृद्धिको लक्ष्य वृद्धि गरेको बताएका हुन् ।